विभिन्न भौतिक संरचनाहरुको विकास मार्फत् प्रदेशको दिगो विकास, समृद्धि, आर्थिक सामाजिक रुपान्तरण तथा स्वच्छ वातावरण कायम गर्ने ।
लक्ष्य
पूर्वाधारहरुको निर्माण गरी सबै नागरिकलाई सर्वसुलभ खानेपानी सेवाको पहुँच सुविधायुक्त, व्यवस्थित र पहिचानयुक्त बस्ती विकास गर्ने, विद्युतमा आत्मनिर्भरता, कृषि उत्पादकत्व तथा उत्पादनमा वृद्धि तथा सडक सञ्चालनको विस्तार गर्ने ।
उद्देश्य
प्रभावकारी, दिगो, भरपर्दो, सुरक्षित, वातावरणमैत्री र कम खर्चिलो यातायात सेवा मार्फत् आर्थिक क्रियाकलाप विस्तार र सेवा प्रवाहको प्रभावकारिता बढाउनुको साथै संघ र प्रदेश, प्रदेश र प्रदेश बीच तथा प्रदेश र स्थानीय तह बीच सम्बन्ध विस्तार गर्नु प्रमुख उद्देश्य हो ।
सिंचित क्षेत्र वृद्धि गर्नुका साथै जलस्रोतको बहुउद्देश्यीय, अन्तरजलाधार र जलाशययुक्त आयोजना र भूमिगत सिंचाई आयोजनाहरुलाई अघि बढाउने ।
विकसित सिंचाइ प्रणालीमा व्यवस्थापन सुदृढीकरण गरी दिगोपना बढाउनु ।
सिंचाइको आवश्यकता भएको स्थान र समयमा निर्वाध रुपमा पानीको उपलब्धता बढाउनु ।
जलविद्युत् सेवाको विस्तार गरी सबै घरपरिवार र क्षेत्रको सहज पहुँच सुनिश्चित गर्नु ।
व्यवस्थित बस्ती विकास गरी सबैका लागि सुलभ, सुरक्षित र वातावरणमैत्री आवासको प्रवर्द्धन गर्नु ।
आधारभुत सुविधायुक्त, व्यवस्थित, सुरक्षित एवम् पहिचानयुक्त शहरको विकास गर्नु ।
आर्थिक अवसरहरुको सिर्जना गरी रोजगारी अभिवृद्धि गरी शहरी क्षेत्रको विकास गर्नु ।
प्रदेशका सबै नागरिकहरुलाई आधारभुत स्तरको खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराउनु ।
मध्यम तथा उच्च स्तरको खानेपानी तथा सरसफाई सेवा विस्तार गर्नु ।
मानव बसोबासका प्रमुख क्षेत्रहरुमा सरसफाई प्रवर्द्धन गर्नु ।