• प्रदेशस्तरको भौतिक पूर्वाधार, सहरी तथा ग्रामीण पूर्वाधार विकास सम्बन्धी नीति, कानून, मापदण्ड र योजनाको तर्जुमा तथा कार्यान्वयन, अध्ययन, अनसुन्धान र नियमन,
  • वातावरणमैत्री, अपाङ्गतामैत्री र लैङ्गिकमैत्री भौतिक पूर्वाधार प्रणालीको निर्माण, प्रवर्द्धन र विकास,
  • रज्जुमार्ग, जलमार्ग लगायतका वैकल्पिक यातायात प्रविधिको यातायात प्रविधिको प्रवर्द्धन, सम्भाव्यता अध्ययन, आयोजना कार्यान्वयन, सञ्चालन र व्यवस्थापन,
  • प्रदेश लोकमार्ग, सडक, पुल, झोलुङ्गे पुल सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा र निर्माण,
  • सडक स्तरोन्नति, मर्मत सम्भार, तथ्याङ्क व्यवस्थापन, सडक प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान, यातायात सुरक्षा, कार्यान्वयन र नियमन तथा सडक अधिकार क्षेत्र (राइट अफ वे) को संरक्षण,
  • प्रदेशस्तरका सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन,
  • प्रदेश मुख्यमन्त्री, सभामुख, मन्त्री, उपसभामुख, प्रमुख सचिव तथा सचिवहरुको आवास पूर्वाधार व्यवस्थापन,
  • प्रदेशभित्रको सहरी विकास योजना तर्जुमा, वस्ती विकास, सहरी पूर्वाधार निर्माण, सञ्चालन, मर्मत सम्भार र आवास तथा भवन सम्बन्धी नीति एवम् योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन,
  • प्रदेशभित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रवर्द्धन,
  • प्रदेशको राजधानी र प्रादेशिक शहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन र पूर्वाधार निर्माण,
  • सुरक्षित बसोबास सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन,
  • प्रदेशभित्रको सडक सुरक्षा,
  • फोहरमैला व्यवस्थापन सम्बन्धी पूर्वाधार निर्माण।