आउजाउ गर्न बट्टारमा ब्युँताइयो तुइन (तस्वीरहरू)

१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण धेरै ठूलो जनधनको क्षति गरेको छ। सडकसँगै, मोटरेबल पुल, झोलुंगे पुल, गोरेटोबाटो सबै बगरमा परिणत भएका छन्।

मानिसहरू आउजाउ गर्न समस्या भएपछि सरकारले विस्थापन गरेको तुइनलाई फेरि जडान गर्न थालिएको छ। नुवाकोटको बट्टारमा अहिले तुइन जडानको काम भइरहेको छ।

स्थानीय दुर्गाराज पाठकले तुइन सबैभन्दा आवश्यक पूर्वाधार भएको महसुस भएको बताए । उनले भनेका छन्, ‘समय बलवान छ, केहि समय अघिसम्म तुइन विस्थापित गर्नुपर्छ भनेर वकालत गर्ने हामीलाई यहि तुइन सबैभन्दा आवश्यक चिज भैइरहेछ र जडान गर्दैछौँ ।’

नेपाली सेना र स्थानीय युवाहरूको समन्वयमा तुइन जडान गरिएको हो।