भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको आधिकारीक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत छ।

हाम्रो मिशन

लक्ष्य तथा उद्देश्य

लक्ष्यः सुरक्षित भौतिक पूर्वाधारहरुको निर्माण गरी सुविधायुक्त, व्यवस्थित र पहिचानयुक्त वस्ति विकास गर्ने तथा सहज र सर्वसुलभ यातायात  सञ्जालको विस्तार एवं संरक्षण गर्ने। उद्देश्यः प्रभावकारी, दिगो, भरपर्दो, सुरक्षित, वातावरणमैत्री र कम खर्चिलो यातायात सेवा मार्फत आर्थिक क्रियाकलाप विस्तार र सेवा प्रवाहको प्रभावकारिता बढाउनुको साथै सङ्घ र प्रदेश, प्रदेश र प्रदेशबिच तथा प्रदेश र स्थानीय तहबिच सम्बन्ध विस्तार गर्नु प्रमुख उद्देश्य हो । व्यवस्थित वस्ति विकास गरी सबैका लागि सुलभ, सुरक्षित र वातावरणमैत्री आवासको प्रवर्द्धन गर्नु । आधारभुत सुविधायुक्त, व्यवस्थित, सुरक्षित एवं पहिचानयुक्त शहरको विकास गर्नु । आर्थिक अवसरहरुको सृर्जना गरी रोजगारी अभिवृद्धि गरी शहरी क्षेत्रको विकास गर्नु