Government of Nepal Logo
Government of Nepal Logo
Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda ,Makawanpur

Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda ,Makawanpur

प्रदेशिक सडकमार्फत जीविकोपार्जन (Livelihood Generation) सम्बन्धी विशेषज्ञ कार्यदल बैठक सम्पन्न

2025-10-11

2025-10-11


1(2).jpg Images : जीविकोपार्जन सम्बन्धी विशेषज्ञ कार्यदल बैठक सम्पन्न

 प्रदेशिक सडक निर्माण तथा सुधार कार्यले  रोजगारीका अवसर र आर्थिक गतिविधिहरूमा उल्लेखनीय प्रभाव पार्ने भएकाले यस प्रक्रियाबाट उत्पन्न अस्थायी रोजगार तथा आर्थिक अवसरहरूलाई दीर्घकालीन जीविकोपार्जनमा रूपान्तरण गर्न रणनीतिगत योजना आवश्यक मानिन्छ। यही उद्देश्यका लागि यस मन्त्रालयवाट मिति २०८२।०६।२४ मा “प्रदेशिक सडकसँग सम्बन्धित जीविकोपार्जन योजनाको रूपरेखा” विषयमा विशेषज्ञ कार्यदल बैठक आयोजना गरिएको हो। यस मन्त्रालयका माननीय मन्त्री डा. दिनेशचन्द्र देवकोटा, अन्य सरोकारवाला मन्त्रालयको प्रतिनिधिहरु तथा कृषि एवम् पूर्वाधार बिज्ञहरुको सहभागितामा भएको बैठकमा प्रदेशिक सडक निर्माण र मर्मत–संरक्षणमा संलग्न स्थानीय जनशक्तिलाई सीप विकास, उद्यम प्रवर्द्धन र वित्तीय पहुँचमार्फत स्थायी आयस्रोत सिर्जना गर्ने उपायहरूबारे विस्तृत छलफल गरिएको छ।

Notice


View all notices
Site Visited : page counter
Last Updated : 2082-06-27 22:16:24

© All Rights Reserved to Ministry of Physical Infrastructure Development