०५७५२०९२६, info.mopid@bagamati.gov.np
अन्तिम अपडेट: २०७७-०७-०२

प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

बागमती प्रदेश

हेटौडा, मकवानपुर, नेपाल

सोच, लक्ष्य र उद्देश्य

    सोच

  • विभिन्‍न भौतिक संरचनाहरुको विकास मार्फत् प्रदेशको दिगो विकास, समृद्धि, आर्थिक सामाजिक रुपान्तरण तथा स्वच्छ वातावरण कायम गर्ने ।

    लक्ष्य

  • पूर्वाधारहरुको निर्माण गरी सबै नागरिकलाई सर्वसुलभ खानेपानी सेवाको पहुँच सुविधायुक्त, व्यवस्थित र पहिचानयुक्त बस्ती विकास गर्ने, विद्युतमा आत्मनिर्भरता, कृषि उत्पादकत्व तथा उत्पादनमा वृद्धि तथा सडक सञ्‍चालनको विस्तार गर्ने ।

    उद्देश्य

  • प्रभावकारी, दिगो, भरपर्दो, सुरक्षित, वातावरणमैत्री र कम खर्चिलो यातायात सेवा मार्फत् आर्थिक क्रियाकलाप विस्तार र सेवा प्रवाहको प्रभावकारिता बढाउनुको साथै संघ र प्रदेश, प्रदेश र प्रदेश बीच तथा प्रदेश र स्थानीय तह बीच सम्बन्ध विस्तार गर्नु प्रमुख उद्देश्य हो ।
  • सिंचित क्षेत्र वृद्धि गर्नुका साथै जलस्रोतको बहुउद्देश्यीय, अन्तरजलाधार र जलाशययुक्त आयोजना र भूमिगत सिंचाई आयोजनाहरुलाई अघि बढाउने ।
  • विकसित सिंचाइ प्रणालीमा व्यवस्थापन सुदृढीकरण गरी दिगोपना बढाउनु ।
  • सिंचाइको आवश्यकता भएको स्थान र समयमा निर्वाध रुपमा पानीको उपलब्धता बढाउनु ।
  • जलविद्युत् सेवाको विस्तार गरी सबै घरपरिवार र क्षेत्रको सहज पहुँच सुनिश्‍चित गर्नु ।
  • व्यवस्थित बस्ती विकास गरी सबैका लागि सुलभ, सुरक्षित र वातावरणमैत्री आवासको प्रवर्द्धन गर्नु ।
  • आधारभुत सुविधायुक्त, व्यवस्थित, सुरक्षित एवम् पहिचानयुक्त शहरको विकास गर्नु ।
  • आर्थिक अवसरहरुको सिर्जना गरी रोजगारी अभिवृद्धि गरी शहरी क्षेत्रको विकास गर्नु ।
  • प्रदेशका सबै नागरिकहरुलाई आधारभुत स्तरको खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराउनु ।
  • मध्यम तथा उच्च स्तरको खानेपानी तथा सरसफाई सेवा विस्तार गर्नु ।
  • मानव बसोबासका प्रमुख क्षेत्रहरुमा सरसफाई प्रवर्द्धन गर्नु ।
  • मा. रामेश्‍वर फुयाल
    भौतिक पूर्वाधार विकास मन्त्री
    rameshwarphuyal1@gmail.com

  • श्री संजीव बराल
    सचिव
    secretary.mopid@bagamati.gov.np

  • श्री नविन कुमार सिंह
    प्रवक्ता
    9857024578

  • श्री राजन पोखरेल
    सूचना अधिकारी
    057521519