२०७२ असोज ३ मा नेपालको संविधान लागू भए पश्चात् देशमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ । स्वीकृत कार्य विभाजन नियमावली अनुसार विभिन्न क्षेत्रहरुमा तीनवटै तहका सरकारहरुले गर्ने कार्य छुट्याइएको छ । सोही नियमावली बमोजिम यस प्रदेश नं. ३ का तेह्र जिल्लाहरुमा विभिन्न भौतिक संरचनाहरुको योजना तर्जुमा, स्वीकृति सहित आवश्यक विभिन्न अध्ययन अनुसन्धानका कार्यहरु गर्न यस मन्त्रालयको स्थापना भएको छ । यसका अतिरिक्त योजना निर्माण, संचालन तथा मर्मत सम्भार लगायतका कार्यहरु यस मन्त्रालय मातहतका कार्यालयहरुबाट हुने परिकल्पना गरिएको छ ।
मा. रामेश्वर फुयाल
भौतिक पूर्वाधार विकास मन्त्री
rameshwarphuyal1@gmail.com
श्री संजीव वराल
सचिव
secretary.mopid@bagamati.gov.np
श्री नविन कुमार सिंह
प्रवक्ता
057520926 Ext. 613
श्री राजन पोखरेल
सूचना अधिकारी
057521519